Mansara
UA Feature Film Social DramaMay 03, 2024Hall Release
News
पूर्वी नेपालमा ‘मनसरा’को व्यापार उत्कृष्ट
चलचित्र ‘मनसरा’ले पूर्वी नेपालमा उत्कृष्ट व्यापार गरेको छ । काठमाडौं र पश्चिम नेपालमा पनि राम्रो व्यापार गरेको चलचित्रले पूर्वी नेपालमा भने दर्शकको उच्च साथ पाएको हो ।
शुक्रबार बिहानी शोबाट पूर्वी नेपालका हलमा दर्शकको चाप उच्च देखिएको छ । बिहीबार विराटनगर प्रिमियरमा पुगको चलचित्रको टिमले विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको छ । शुक्रबार दिनभर विराटनगर, इटहरी र धरानका विभिन्न हलमा पुगेको निर्माण टिम शनिबार दमक र बिर्तामोड पुगेर दर्शक साक्षात्कार गरेर काठमाडौं फर्कने छ ।
शुक्रबार धरानको फ्रेन्ड्स सिनेमाज्मा अभिनेता दयाहाङ राई, प्रवीन खतिवडा, अभिनेत्री मिरुना मगर र निर्देशक उपेन्द्र सुब्बा पुग्दा हलमा दर्शक भरिभराउ थिए । धरानको हलमा कलाकारलाई देखेपछि उनी सेल्फी खिच्ने दर्शकको भिड लागेको थियो । साथै, दर्शकले चलचित्र उत्कृष्ट बनेको भन्दै प्रशंसा गरेका थिए । सामाजिक कथाको चलचित्रले देशभरका हलमा उच्च शो पाएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



