Michael Adhikari
Feature Film DramaAug 19, 2022Hall Release
News
‘माइकल अधिकारी’ एक रुपैयाँमै हेर्न पाइने

दर्शकहरुले एक रुपैयाँमै चलचित्र ‘माइकल अधिकारी’ हेर्न पाउने भएका छन् । कृष्ण जन्माष्टमीको अवसर पारेर भदौ ३ देखि प्रदर्शनमा आउने चलचित्र एक रुपैयाँमै हेर्न इसेवा मार्फत टिकट काट्नु पर्नेछ ।
नेपालको ठुलो डिजिटल वालेट इसेवा र निर्माण कम्पनि गोपीकृष्ण मुभिजले दर्शकका लागि एक रुपैयाँमै चलचित्र हेर्न पाइने अफर ल्याएको हो । डिजिटल वालेट र नेपाली चलचित्रप्रति आम मानिसलाई आकर्षित गर्न इसेवा र ‘माईकल अधिकारी’को निर्माण टिमले यो योजना अगाडि सारेको जनाइएको छ ।
रञ्जित रौनियारका निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, श्रृष्टि श्रेष्ठ, असान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, आर्या पौडेल, केभिन परियारलगायतको अभिनय छ ।
चलचित्रमा कमल राई र कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा र संवाद छ ।
गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित चलचित्र उद्धव पौडेलको प्रस्तुतिमा बनेको हो । चलचित्रका निर्माता निरक पौडेल हुन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri