Michael Adhikari
Feature Film DramaAug 19, 2022Hall Release
News
सौगात र सृष्टिको ‘माइकल अधिकारी’ ट्रेलर सार्वजनिक

सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित चलचित्र ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १९ सेकेन्ड लम्बाईको ट्रेलरमा कमेडी, लभ, सोसियल ड्रामा, इमोसन मिश्रित छ ।
भाद्र ३ गतेबाट प्रदर्शन हुने चलचित्रलाई रन्जित रौनियारले निर्देशन गरेका हुन् । चलचित्रले कोख भाडामा लगाउने महिलाको कथा भनेको छ । चलचित्रको ट्रेलर इन्टरटेनिङ र इन्गेजिङ छ ।
उद्दव पौडेलको प्रस्तुतीमा निरक पौडेल निर्माता रहेको चलचित्रमा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियारको अभिनय छ । गरिबी, अभाव र समस्याको कारण अर्काको भ्रुण गर्भमा हुर्काएर बच्चालाई जन्म दिने सरोगेसीको कथामा चलचित्र निर्माण भएको हो ।
चलचित्रमा निर्देशक रौनियारकै कथा, कमल राई र कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri