Na Yata Na Uta
Feature Film ComedyAug 02, 2019Hall Release
News
‘न यता न उता’ को दोस्रो ट्रेलर सार्वजनिक
विभिन्न कारण देखाउँदै पटक पटक प्रदर्शन मिति सार्दै आएको चलचित्र ‘न यता न उता’ले साउन १७ गते बाट भने पछि नसर्ने जनाइएको छ । दोस्रो ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले यस्तो जनाएको हो ।
सार्वजनिक ट्रेलरले बिहेको लागी लन्डनबाट नेपाल पुगेका दुई अर्धबैंशे नेपाली युवाको संघर्षको कथा कमेडी शैलीमा भनेको छ । विशारद बस्नेत र मिराज रोशको संयुक्त निर्देशन रहेको चलचित्र कमेडी जनराको हो ।
चलचित्रमा नम्रता सापकोटा, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, सागर ढकाल, पवन ढकाल, विशारद बस्नेत, राजन मुकारुङ, जयनन्द लामालगायतका कलाकारको अभिनय रहेको छ ।
रिना लामा कार्यकारी निर्माता रहेको चलचित्रमा अमित अर्याल, बेनकण्ठ मकाजु, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन प्रधान, प्रतिक कर्माचार्य लगायतको लगानी रहेको छ । यस्तै मिराज रोशको कथा तथा पटकथा, अभिमन्यु निरबीको संवाद, अरोन अशोक कुमारले छायाँकन र विपिन मल्लको सम्पादन रहेको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi


