Pani Photo
Feature Film DramaJul 29, 2022Hall Release
News
‘पानीफोटो’को फर्स्टलुक पोस्टर सार्वजनिक

भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘पानीफोटो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको एक पोस्टरमा अभिनेता अनुप बराल, खगेन्द्र लामिछाने, मेनुका प्रधान र मलिका महतलाई चरित्र लुक्समा प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा दुई पात्रलाई बाटोमा हिड्दै गरेको देख्न सकिन्छ ।
चलचित्र अभिनेता खगेन्द्र लामिछानेले निर्देशनमा बनेको हो । खगेन्द्रले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गरेका हुन् । पन्ध्र वर्ष अगाडी बेपत्ता छोराको पर्खाइमा बसेका आमाबुबाको कथामा खगेन्द्रले सफल नाटक ‘पानीफोटो’ निर्देशन गरिसकेका छन् । नाटकले सफलता पाएपछि उनले ठुलोपर्दाको लागि सोहि कथामा चलचित्र बनाएका हुन् ।
काठमाडौँसँगै पश्चिम नेपालका बर्दिया, स्याङ्जा र रोल्पामा खिचिएको चलचित्रमा अनुप बराल, मेनुका प्रधान, मलिका महत, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि गुरुङ, अजस्र ढुङ्गाना, कमलमणी नेपाल, राधा श्रेष्ठ, श्याम कुमार खड्का, कमल देवकोटा, अनोज पाण्डेलगायतका कलाकारको अभिनय छ ।
दीपक बज्रचार्यको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, रोजिना सिटौला र रविन्द्र बज्रचार्यको लगानी छ ।
New Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma
Next Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya