Parastree
Feature Film DramaJun 29, 2023Hall Release
News
भारतमा बिक्यो ‘परस्त्री’को गीत
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’लाई भारतका हलमा प्रदर्शन गर्ने उद्देश्यसहित हिन्दी भाषामा समेत डब गरिएको छ । भारतमा चलचित्रको गीत र ट्रेलर जस्ता कन्टेन्ट पनि डिजिटल प्लेटफर्ममा राम्रो मुल्यमा विक्री हुने गरेका छन् ।
यसैबीच सुरज पाण्डेको डेव्यु निर्देशन रहेको चलचित्र ‘परस्त्री’को पनि हिन्दी डबको म्युजिक राइट्स विक्री भएको छ । ‘बीफोरयू’ नामक भारतीय कम्पनीले चलचित्रको गीतको युट्युब राइट्स खरिद गरेको हो । शुक्रबार निर्मात्री शर्मिला पाण्डे र ‘बीफोरयू’ कम्पनीबीच कागजी सम्झौता भएको छ ।
निर्मात्री पाण्डेका अनुसार, चलचित्रको युट्युब प्रदर्शन अधिकार भने विक्री भएको छैन । त्यसका लागि विभिन्न युट्युब कम्पनीहरुसँग कुराकानी भइरहेको उनले बताइन् । अहिले मुम्बईको एक स्टुडियोमा चलचित्रको हिन्दी डबको पोस्ट प्रोडक्सनको काम भइरहेको छ । भारतका प्रख्यात गायक-गायिकाहरुले चलचित्रको हिन्दी गीत गाएका छन् ।
नेपालकै मितिमा भारतका हलमा पनि प्रदर्शनमा आउने चलचित्रको पहिलो हिन्दी डब गीत केही दिनमा रिलिज हुँदैछ । पोस्टर रिलिजसँगै चर्चामा आएको चलचित्रले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तु उठाएको छ । चलचित्रको निरज कँडेल छायांकन गरेका हुन् ।
डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा शिल्पा मास्के, गौरव बिष्ट, कोशिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ । शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल चलचित्रका लेखकसमेत हुन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi


