Pardeshi 2
Feature Film DramaOct 13, 2023Hall Release
News
‘परदेशी २’, ‘कौसीद’ र ‘बसेन्जी’ प्रदर्शन

आजबाट ‘परदेशी २’, ‘कौसीद’ र ‘बसेन्जी’ प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका तीन वटै चलचित्र फरक फरक जनराका हुन् भने यसका लक्षित दर्शक पनि फरक फरक छन् । जसमध्ये उच्च शिक्षका लागि विदेश जानेहरुको कथाको ‘परदेशी २’, सामाजिक कथाको ‘कौसीद’ र हरर–थ्रिलर जनराको ‘बसेन्जी’ प्रदर्शन भएका हुन् ।
‘परदेशी २’ आठ वर्षअघि रिलिज भएको ‘परदेशी’को दोस्रो श्रृंखला हो । गायक तथा संगीतकार समेत रहेका नारायण रायमाझीको निर्देशन रहेको चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया लगायतको मुख्य भूमिका छ ।
यस्तै एक शिक्षकले गर्नुपरेको संघर्षको कथामा बनेको ‘कौसीद’लाई कुमार भाष्कर निर्देशन गरेका हुन् । चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्माको मुख्य भूमिका रहेको छ ।
यस्तै अर्को चलचित्र ‘बसेन्जी’लाई इयान क्लेमेन्टले निर्देशन गरेका हुन् । असिम निरौला, मिथिला शर्मा र सरिता गिरीको मुख्य भूमिका रहेको चलचित्रले एक युवाको कथा भनेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri