Pardeshi 2
Feature Film DramaOct 13, 2023Hall Release
News
‘परदेशी २’को ‘न भुल्नु ए साथी’ सार्वजनिक

सफलतापूर्वक प्रदर्शनरत चलचित्र ‘परदेशी २’को गीत ‘न भुल्नु ए साथी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मनोज खड्का, प्रविण बेडवाल, शान्ति श्री परियार र दीपा स्वाङको स्वर, नारायण रायमाझीको संगीत र लाल गोपाल सुवेदी र नारायण रायमाझीको शब्द छ ।
परिच्छेद सेनको कोरियोग्राफी रहेको गीतमा केकी अधिकारी, प्रकाश सपुत लगायत फिचर्ड छन् । नारायण रायमाझीको निर्देशन रहेको चलचित्रमा प्रकाश सपुत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला र देवेन्द्र बब्लुलगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन, मानकृष्ण महर्जनको छायांकन, राजेन्द्र मोक्तानको कलर, रमेश बिजीको कथा र पटकथा छ । चलचित्रका निर्माता नारायण रायमाझी र राजेश वंशल हुन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri