Pardeshi 2
Feature Film DramaOct 13, 2023Hall Release
News
केकी भन्छिन् – ‘परदेशी २’को कथा सबै नेपालीको कथा हो

असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ले यतिबेला प्रचारप्रसारलाई तिव्र बनाएको छ । निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहित चलचित्रको टिम दुई दिनदेखि नेपालगञ्जमा छ । शनिवार नेपालगञ्ज पुगेर त्यहाँका चलचित्र हलहरु भिजिट गरेको टिमले आइतवार ‘चलचित्र पत्रकार संघ नेपाल बाँके’ शाखासँग साक्षात्कार गरेको थियो । त्यसक्रममा बोल्दै अभिनेता प्रकाशले ‘परदेशी २’ आफ्नो पहिलो चलचित्र भएका कारण एकदमै उत्साहित रहेको बताए ।
चलचित्रमा अभिनय गर्ने तयारी हुँदै गर्दा आफूमा जुन उत्साह थियो अहिले पनि त्यही उत्साह रहेको उनले बताए । ‘जब मैले यो चलचित्र गर्ने निर्णय गरेको थिएँ, त्यतिबेला अहिलेको जस्तो चर्चा परिचर्चा थिएन्’ साक्षात्कारमा प्रकाशले भने, ‘त्यो सुरुवातमा चलचित्र गर्दैछु भन्ने कुरामा ममा जुन उत्साह थियो, त्यो उत्साह अहिले पनि उस्तै छ । अहिले पनि म त्यही जोनमा छु ।’ उनले पहिलो चलचित्र भएकोले उत्साहसँगै थोरै डर पनि भएको प्रकाशले सुनाए ।
अभिनेत्री केकीले ‘परदेशी २’को कथा सबै नेपालीको कथा भएको बताइन् । मौलिक कथामा अभिनय गर्ने रहर ‘परदेशी २’ले पूरा गरेको उनको भनाइ थियो । ‘यो चलचित्रले मेरो मेरो मौलिक कथामा काम गर्ने रहर पूरा गरिदियो । परदेशी २ हामी सबैको कथा समेटिएको चलचित्र हो । त्यसैले पनि यो चलचित्रबाट निकै उत्साहित छु’ केकीले भनिन् ‘प्रकाश सपूतजिको पहिलो चलचित्र हो यो । उहाँसँग काम गर्न पाउँदा पनि खुशी छु । नारायण रायमाझी सरका अन्य चलचित्रहरु दर्शक बनेर हेर्ने गर्थें तर अहिले कलाकार बनेर काम गर्ने अवसर मिल्यो ।’
चलचित्रले हाम्रो समाजको कथा उठान गरेकोले दर्शकले रुचाउनेमा आशावादी रहेको निर्देशक नारायण रायमाझीले बताए । ‘नेपालगन्जमा मेरा अघिल्ला चलचित्रहरु राम्रो चलेका थिए’, उनले भने, ‘अहिलेको चलचित्रलाई पनि देशभर लगायत नेपालगन्जमा पनि दर्शकको साथ मिल्ने अपेक्षा गरेको छु ।’
उनले ‘परदेशी २’को सार भनेको संसार घुमेपनि आफ्नो मातृभूमि र आमाबुबालाई भुल्नु हुँदैन भन्ने रहेको उनले बताए । उनले भने, ‘मेरा कथाहरुमा समाजको यथार्थता उतार्ने कोशिस गरेको हुन्छु । यो चलचित्रमा पनि हाम्रै कथा उठान गरिएको छ ।’
साक्षात्कार पछि ‘परदेशी २’ टिमले चलचित्रको कथासार बुझाउने ड्रामा समेत प्रस्तुत गरेको थियो । चलचित्रको टिमले आइतबार नै नेपालगन्जका जिभिएन कलेज र यूनाइटेड कलेजमा पुगेर समेत ड्रामा प्रस्तुत गर्दै विद्यार्थीहरुसँग साक्षात्कार गरेको थियो । पर्दामा देख्ने प्रकाश सपूत र केकी अधिकारीलाई आँखै अगाडि देख्न पाउँदा विद्यार्थीहरु निकै खुशी भएका थिए । निर्देशक रायमाझीका अनुसार सोमबार कोहलपुरका केही कलेजमा साक्षात्कार गरेपछि चलचित्रको टिम बुटवल फर्किने योजना छ । बुटवलपछि पोखरा हुँदै टिम काठमाडौं फर्किनेछ ।
राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको यो चलचित्रमा प्रकाश र केकीका साथमा वर्षा शिवाकोटी, प्रशान्त तामाङ्ग, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । मानकृष्ण महर्जनको छायांकन, बि.बि. अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, श्यामश्वेत रसाईलीको साउण्ड डिजाइन र मिक्सिङ रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel