Password

Feature Film Sep 13, 2019Hall Release

News

‘पासवर्ड’ विदेश रिलिज क्यालेन्डर सार्वजनिक

लेन्सनेपाल २०७६ भाद्र १५
‘पासवर्ड’ विदेश रिलिज क्यालेन्डर सार्वजनिक

चलचित्र ‘पासवर्ड’को विदेश रिलिज क्यालेन्डर सार्वजनिक भएको छ । भदौ २७ देखि नेपालमा रिलिज हुने चलचित्र त्यसको दुई साता पछाडी एसिया, अमेरिका, अस्ट्रेलिया र युरोपका बिभिन्न देशमा एकै दिन रिलिज हुने भएको हो ।

निर्माता अजित के आर थापाले दिएको जानकारी अनुसार सेप्टेम्बर २७ अर्थात असोज १० देखि १२ देशका विभिन्न २४ शहरमा चलचित्र प्रदर्शन हुनेछ । अमेरिकाको टेक्सास, क्यालिफोर्निया र कोलोराडो, भारतको दार्जिलिङ, सिलिगुरी र सिक्किम, अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन, क्यानबेरा, गोल्ड कोस्ट र पर्थ, युकेको लण्डन, जापानको टोकियो, योकोहामा र ओसाका, कोरियाको सियोल, युनाइटेड अरब इमिरेटको आबुधावी र दुबई, क्यानडाको क्युबेक सिटी, पोर्चुगलको लिस्बोन, पोल्याण्डको वर्स, जर्मनीको बर्लिन र मलेसियाको क्वालालम्पुरमा चलचित्र प्रदर्शन हुने पक्का भएको हो ।

एक्सन जनराको चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय रहेको छ ।

सम्राट बस्नेतको निर्देशन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतकै एक्सन, अमरजीत सिंहको छायाँकन र सौरभ लामाको डिओपी छ । निर्देशक बस्नेत र महेश दवाडीको पटकथा रहेको चलचित्रको कथा सिमा गुरुङले लेखेकी छन् ।

अंकित गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी रहेका छन् । यस्तै युकेको लागि कार्यकारी निर्माता मोहित छब्रा, अजित के आर थापा सह निर्माता र सनिश खकुरेल लाइन प्रोड्युसर हुन् ।