Password
Feature Film Sep 13, 2019Hall Release
News
नेपाल आउँदै बलिउड अभिनेत्री सन्नी लियोनी

चलचित्र ‘पासवर्ड’को प्रिमियरका लागि बलिउड अभिनेत्री सन्नी लियोनी बिहिबार नेपाल आइपुग्ने भएकी छिन । विहिबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्नी अवतरण हुने निर्माण टिमले जनाएको छ ।
चलचित्रमा बिशेष भुमिकामा काम गरेकी सन्नि विहिबार साँझ ७ः३० बजे राजधानीको कुमारी हलमा आयोजना हुने रेड कार्पेट प्रिमियरमा सहभागी हुनेछिन । उक्त अवसरमा उनले मिडिया साक्षात्कार पनि गर्ने जनाइएको छ ।
प्रिमियर पश्चात उनि हायात रिजेन्सिमा बस्ने तय भएको छ । शनिबार भारत फर्किने सन्नीले शुक्रबार नेपालका केहि स्थानमा भ्रमण गर्ने ‘पासवर्ड’ टिमले बताएको छ ।
चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।
सम्राट बस्नेतको निर्देशन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतकै एक्सन, अमरजीत सिंहको छायाँकन र सौरभ लामाको डिओपी छ । निर्देशक बस्नेत र महेश दवाडीको पटकथा रहेको चलचित्रको कथा सिमा गुरुङले लेखेकी छन् ।
अंकित गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी रहेका छन् । यस्तै युकेको लागि कार्यकारी निर्माता मोहित छब्रा, अजित के आर थापा सह निर्माता र सनिश खकुरेल लाइन प्रोड्युसर हन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri