Prakash
120 mins Feature Film Social DramaAug 26, 2022Hall Release
News
कमेडियनमाथी प्रदिपको रोष्ट

आफ्नो छवि बदल्दै चलचित्र ‘प्रकाश’मा परिपक्क कलाकारका रुपमा प्रस्तुत भएका प्रदिप खड्का बुटबलमा भने कमेडियन बनेका छन् । बटुवा कमेडी र कमेडी टुकटुकसंगको सहकार्यमा ‘प्रकाश’ले गरिरहेको कमेडी टुर ‘टेबल मुनीबाट’मा उनी कमेडियन शैलिमा प्रस्तुत भएका हुन् । शुक्रबार र शनिबार बुटबलमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
भाद्र १० गतेबाट प्रदर्शन हुने चलचित्र ‘प्रकाश’को प्रमोशनका लागि अभिनेत्रीद्वय दिया मास्के र रेणु योगीका साथ स्टेज चढेका प्रदिप खड्का स्ट्याण्डप कमेडीयन जस्तै सुनिए । उनले स्टेजबाट कार्यक्रममा स्ट्याण्डप कमेडी प्रस्तुत गर्ने कमेडियनहरुलाई नै रोष्ट गरे । खासगरि प्रदिपको निशानामा परे कमडियन आदर्श मिश्रा । त्यसो त गतसाता चितवनमा भएको कार्यक्रममा आदर्शले प्रदिपमाथी रोष्ट गरेका थिए । देशका ६ शहरमा हुने प्रमोशनल कार्यक्रमको यो दोस्रो शहर हो । बाँकी ४ शहरमा प्रदिपमाथी कसले र प्रदिपले कसलाई रोष्ट गर्नेछन् त्यो त हेर्न बाँकी नै छ ।
हजारौं दर्शकहरुको माझ सम्पन्न कार्यक्रममा प्रदिपले कमेडियन माथी रोष्ट गर्नुका साथै चलचित्र ‘प्रकाश’का बारेमा दर्शकहरुलाई जानकारी दिएका थिए । अभिनेत्री दिया मास्के र रेणु योगीले पनि चलचित्रका बारेमा दर्शकलाई बताएका थिए । चलचित्रका कलाकारहरु पनि कमेडि शैलिमा प्रस्तुत हुँदा माहौल थप रमाइलो भएको थियो ।
कार्यक्रममा कमेडियनहरु आदर्श मिश्रा, आयुस श्रेष्ठ, एलेन जंग राणा, आशिष घिमिरे र पुजन अधिकारीले बिभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । बटुवा कमेडी र कमेडी टुकटुकसँगै अगामी साता अर्थात १३ र १४ पोखरामा चलचित्रको प्रमोशनल टुर हुने छ भने, श्रावण २० र २१ बिराटनगर, श्रावण २७ र २८ हेटौडाँमा र भाद्र ३, ४ र ५ गते काठमाडौंमा कार्यक्रम आयोजना हुनेछ ।
दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel