Prakash
120 mins Feature Film Social DramaAug 26, 2022Hall Release
News
बिदेशी मल्टीप्लेक्समा ‘प्रकाश’लाई उच्च शो, बिदेशी चलचित्रको भन्दा छैन कम
बिदेशी मल्टीप्लेक्सहरुले बहुप्रतिक्षित चलचित्र ‘प्रकाश’को अग्रिम बुकिङ खुल्ला गरेका छन् । भाद्र १० गते बिश्वभरबाट एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्रको युएई, ओमान, बहराइन कतारलगायतका देशहरुका अग्रिम बुकिङ खुल्ला भएको हो ।
नोभा सिनेमाले यएईमा मात्र चलचित्रका लागि दैनिक १९ शो सम्म उपलब्ध गराएको छ । नोभा नेटवर्क अन्र्तगतका बिभिन्न ६ वटा हलहरुमा शुक्रबार देखि बुधबारसम्मको लागि चलचित्रको शो सार्वजनिक भएको हो । यस्तै ओमन र कतारमा पनि नोभा सिनेमाले चलचित्रका लागि उत्तिकै संख्यामा शो उपलब्ध गराउको छ भने बहराइनमा रहेको नोभा सिनेमाले दैनिक दुई शो उपलब्ध गराएको छ । बिभिन्न देशका मल्टिप्लेक्सहरुमा नेपाली चलचित्रले बिदेशी चलचित्रकै बराबरीमा शो प्राप्त गरेको निर्माता महेन्द्र अधिकारीले जनाएका छन् ।
यस्तै युएइको स्टार सिनेमाले चलचित्र ‘प्रकाश’को लागि दुई शो दिएको छ भने आबु दुबईको नेशनल सिनेमाले पनि दुई शो दिएको छ । यता भक्स सिनेमाले शुक्रबार देखि बुधबार सम्म चलचित्र प्रकाकालागि शो दिएको छ । भक्स सिनेमाले सिटि सेन्टर दैरा र सिटि सेन्टर सिन्दघामा दैनिक दुई–दुई शो उपलब्ध गराएको छ । यस्तै ओस्कर सिनेमाले पनि शुक्रबार बाट बुधबार सम्मका लागि चलचित्रको शो सार्वजनिक गरेको छ । आबु दुबईमा रहेको ओसकर सिनेमाले चलचित्रका लागि दैनिक दुई शो उपलब्ध गराएको हो ।
निर्माता अधिकारीका अनुसार अमेरिकामा पनि चवलचित्र ‘प्रकाश’ रेलुगलर शो मै प्रदर्शन हुनेछ । त्यहाँका वितरकले दिएको जानकारी अनुसार स्थानिय समय अनुसार मंगलबार साँझ सम्म चलचित्रको शो सार्वजनिक हुनेछ । अमेरिकामा पनि आधा दर्जन हलमा चलचित्र प्रदर्शन हुनेछ । यता अष्ट्रेलियामा बिभिन्न शोहरु शोल्डआउट भइसकेका छन् । केही समय अघि नै अष्ट्रेलियामा चलचित्रको अग्रिम बुकिङ खुलेका कारण धेरै शोहरु सोल्डआउट भएका हुन् ।
सम्भवत बिदेशी मल्टिप्लेक्सहरुमा यति धेरै शो पाएर एकसाथ प्रदर्शनमा आउन लागेको पहिलो नेपाली चलचित्र ‘प्रकाश’ नै हो । चलचित्रको विषयवस्तु र लुक्सका कारण बिदेशमा ‘प्रकाश’को चर्को डिमाण्ड छ ।
दिनेश राउत निर्देशित चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ । चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । बिकास सुबेदीको लेखन रहेको चलचित्र यतिबेलाको बहुप्रतिक्षित चलचित्र हो ।
चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



