Prakash
120 mins Feature Film Social DramaAug 26, 2022Hall Release
News
डेढ लाख पुरस्कार सहित ‘प्रकाश’को कविता प्रतियोगीता

एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा भन्ने चलचित्र ‘प्रकाश’ले शिक्षकको बिशेषता वा महत्वबारे कविता प्रतियोगीता आयोजना गरेको छ ।
निर्माता महेन्द्र अधिकारीले दिएको जानकारी अनुसार प्रतियोगीतामा बिभिन्न कलेज तथा स्कूलका बिद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् । सहभागीता जनाउनका लागि जुन कुनै कक्षामा अध्ययनरत् भएपनि १२ वर्ष पुरा भई १८ वर्ष ननाघेको हुनु पर्नेछ भने बढी कक्षा १२ अध्ययनरत् बिद्यार्थीले सहभागीता जनाउन सक्नेछन् । प्रतियोगीतामा सहभागी मध्येबाट प्रथम हुनेले रु एकलाख पुरस्कार पाउने छन् भने द्वितिय हुनेले रु ५० हजार पुरस्कार पाउनेछन् । नेपाली र अंग्रेजी दुबै भाषलाई मान्यता दिइएको कबिताको लम्बाई १ देखि साढे एक मिनेट सम्मको हुनुपर्नेछ । सहभागीले कबिताको भिडियो आफै बनाएर prakshthefilm @gmail.com मा पठाउन सक्नेछन् । प्रतियोगीता श्रावण २० गतेबाट शुरु भई भाद्र २० गते सम्म चल्नेछ ।
दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ ।
बिकास सुबेदीको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi