Prem Geet 3
Feature Film Love StorySep 23, 2022Hall Release
News
‘प्रेमगीत ३’ को नेपाली र हिन्दी भर्सनमा गीत सार्वजनिक

चलचित्र ‘प्रेमगीत ३’ को नेपाली र हिन्दी भर्सनमा गीत सार्वजनिक गरिएको छ । चलचित्रको नेपाली गीत ‘मायाको गाउँ’ ओएसरआर डिजिटल र हिन्दी गीत ‘कोही ना कोही नाता हे’ जी म्युजिक कम्पनी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
असोज ७ गतेदेखि प्रदर्शन हुने चलचित्रको गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ फिचर्ड छन् । ‘मायाको गाउँ’ बोलको गीतमा प्रताप दासको स्वर, विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत छ भने हिन्दी भर्सनमा जुबिनको स्वर, सुवास कालेको शब्द र पवनदीप राजनको संगीत छ।
सन्तोष सेनको निर्माण रहेको चलचित्रलाई स्वर्गीय छेतेन गुरुङ र सेन वयम्ले निर्देशन गरेका हुन् । चलचित्रमा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायतको पनि अभिनय छ ।
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral