Purano Bullet
Feature Film Mar 15, 2019Hall Release
News
‘पुरानो बुलेट’को पोस्टर सार्वजनिक

चलचित्र ‘पुरानो बुलेट’को पोस्टर सार्वजनिक गरिएको छ । कलाकाहरु अनुपबिक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बुलाई समावेश गर्दै चलचित्रका तीन पोस्टर रिलिज गरिएको हो ।
चलचित्रलाई भिषण राईले निर्देशन गरेका छन् । पत्रकारिताबाट निर्देशनमा आएका उनको यो डेब्यू चलचित्र हो । पोष्टरमा पात्रहरुको चरित्र चित्रण गरिएको निर्देशकले जनाएका छन् । अनुप बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्तालगायतका कलाकारको अभिनय रहेको चलचित्रको लेखन पनि निर्देशक राई र सन्तोष राईले गरेका हुन । सन्तोष यो चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रका निर्माता अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई हुन ।
चलचित्रमा उत्तमजङ्ग लिम्बुको, जयन जे वाइवा र भिजे घिमिरेको संगीत, हरि घले लामाको छायाँकन, अर्जुन जिसीको सम्पादन र प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी छ । चैत्र १ बाट प्रदर्शनमा आउने चलचित्र पुरानो बुलेट फेब्रुअरी २३ तारिखमा हङकङमा वल्र्ड प्रिमियर हुँदैछ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri