Rangeli
Feature Film ActionMar 08, 2024Hall Release
News
प्रदर्शन भयो ‘रङ्गेली’, प्रिमियरमा प्रशंसा

चलचित्र ‘रङ्गेली’ प्रदर्शनमा आएको छ । अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको चलचित्र ग्याङ्गस्टार जनराको हो । चलचित्रा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ ।
प्रदर्शन अगावै बुधवार बेलुकी काठमाडौंको कमलपोखरीस्थित बीग मुभिजमा चलचित्रको प्रिमियर आयोजना गरिएको थियो । जहाँ चलचित्र हेरेका चलचित्रकर्मी, पत्रकार तथा आगन्तुकबाट चलचित्रले उत्साहजनक प्रतिक्रिया पाएको छ ।
दयाहाङ र मिरुना यही प्रिमियरको लागि रातारात रुकुमको तक्सेराबाट काठमाडौं आइपुगेका थिए । चलचित्र ‘घरज्वाईं’को छायाङ्कनमा रहेका कलाकारद्वय रातारात काठमाडौं आएका हुन् । आफुहरु चलचित्रबाट निकै आशाबादी रहेकोले प्रिमियरमा सहभागी हुन रातारात काठमाडौं आएको जनाए । प्रिमियर पछि चलचित्रमा दयाको ग्याङस्टर चरित्र र मिरुनाको अप्रत्याशित भूमिकाको प्रशंसा भएको छ । अर्जुन सुवेदीले पहिलो पटक लेखन तथा निर्देशन गरेको यो चलचित्रबाट उनले नेपाली चलचित्र उद्योगले गतिलो निर्देशक पाएको भन्दै प्रशंसा भएको छ । निर्धारित समयभन्दा केही ढिलो प्रिमियर प्रदर्शन सुरु भएता पनि पत्रकार तथा चलचित्रकर्मीसहित झन्डै चार सय पाहुनाले राती ११ बजेसम्म बसेर ‘रङ्गेली’ हेरेका थिए ।
प्रिमियरमा चलचित्रको क्लाइमेक्स र यसको अन्त्यमा सबैले वाह वाही गरेका थिए । अप्रत्याशित रूपमा अन्त्यमा आउने पात्र (आर्यन सिग्देल)को दमदार केमियोको व्यापक चर्चा भएको छ ।
चलचित्रका निर्देशक सुवेदीले आफूले चलचित्रमा भन्न खोजेको विषयलाई इमानदारीताका साथ ‘रङ्गेली’मा प्रस्तुत गरेको बताए । प्रिमियरमा हेर्नेहरूबाट प्राप्त प्रतिक्रियाबाट आम दर्शकको रोजाइमा यो चलचित्र पर्छ भन्नेमा विश्वास रहेको उनले जनाए ।
जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा कार्यकारी निर्माता रहेको चलचित्रका निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) चलचित्रका एशोसियट निर्माता हुन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri