Rato Tika Nidharma

Feature Film Love StorySep 27, 2019Hall Release

News

‘रातो टिका निधारमा’को पोस्टर सार्वजनिक

लेन्सनेपाल २०७६ भाद्र २५
‘रातो टिका निधारमा’को पोस्टर सार्वजनिक

चलचित्र ‘रातो टिका निधारमा’को पोस्टर सार्वजनिक गरिएको छ ।

सार्वजनिक पोस्टरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्माका साथै रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकार स्थान दिइएको छ ।

दशैंको अवसर पारी असोज १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको पोस्टर रातो टिका र जमराको रङ्गले पोतिएको छ । जसले दशैँ आएको भान गराउछ ।

किरण शर्मा र कृति शर्माले निर्माण गरेको चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन र राजेश शाहको भिएफएक्स छ । चलचित्रले वैदेशिक रोजगारको विषय उठान गरेको छ ।