Rumalai Chha Chino
Feature Film ActionFeb 22, 2019Hall Release
News
अप्सना भन्छिन – ‘रुमालै छ चिनो’को कथा राम्रो छ

अभिनेत्री अप्सना थापाले चलचित्र ‘रुमालै छ चिनो’बाट आशाबादी रहेको जनाएकी छिन । यसअघि पनि केही चलचित्रमा काम गरेको तर, ति कुनैबाट पनि आफुलाई खासै फाइदा नभएको बताउने थापाले रुमालै छ चिनोबाट भने दर्शकको मन जित्ने विश्वास राखेकी हुन ।
राजधानीमा केही सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै थापाले चलचित्रमा आफु गाउको युवतीको भुमिकामा देखिएको जनाइन । विगतमा टिमबाट नै आफुलाई सहयोग नभएको गुनासो गर्दै उनले यसपटक भने प्रचारका लागि समेत हिड्न पाएकोमा खुशी व्यक्त गरिन । यो चलचित्रमा सबैतिरबाट सहयोग पाएको र चलचित्र पनि राम्रो भएकोले आशा गर्नु स्वभाविक भएको उनको भनाई छ । चलचित्रको कथा राम्रो भएकोले काम गरेको भन्दै उनले श्रीमान वा प्रेमी लाउरे भएर विदेश जाँदा स्वदेशमा श्रीमती वा प्रेमिकाले भोग्ने दुखको कथा आफ्नो भुमिकाले बताउने जनाएकी छिन ।
भारतिय सेनाका तर्फबाट पाकिस्तानसँगको युद्ध लडेको गोर्खालीको कथा भन्ने चलचित्रलाई दिनेश सिंह ठकुरीले निर्देशन गरेका हुन । चलचित्रमा थापाका साथै किशोर खतिवडा, संचिता लुइटेल, सुशान्त कार्कीलगायतका कलाकारको अभिनय रहेको छ । चन्द्र बहादुर खड्काको लगानी रहेको चलचित्रमा दिपक ढकाल र रामप्रसाद पाण्डे सह–निर्माताको रुपमा छन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri