Samhalinchha Kahile Man
Feature Film Love StorySep 02, 2022Hall Release
News
‘सम्हालिन्छ कहिले मन’को ‘हराएँ हराएँ’ सार्वजनिक

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को ‘हराएँ हराएँ’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा ताराप्रकाश लिम्बु र अनु चौधरीको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द तथा ताराप्रकाश लिम्बुको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड छन् ।
सुदर्शन थापा निर्देशित चलचित्रको यो गीत यूके र मुस्ताङमा छायांकन गरिएको हो । रोमान्टिक भावको गीतमा स्कटल्याण्डका केही चुचुरोहरुलाई छायांकार सौरभ लामाले आकर्षक ढंगले कैद गरेका छन् ।
महेश दवाडीको लेखन रहेको चलचित्रमा पूजा र आकाशका अलावा डेब्यु अभिनेता सोनम तोप्देन, सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ललगायतका कलाकारहरुको अभिनय छ ।
एबी इन्टरनेशनलसंग भिक्टर सिनेमा लिमिटेडले निर्माण सहकार्य गरेको चलचित्रमा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत र अर्जुन जिसीको सम्पादन छ । भदौ १७ बाट रिलिज हुने चलचित्रमा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri