Sanglo
Feature Film ActionFeb 07, 2020Hall Release
News
‘साङ्लो’को दोस्रो गीत ‘झ्याम्मै आँखा झ्याम्मै’

चलचित्र ‘साङ्लो’को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतमा विराज भट्ट र डेब्यु अभिनेत्री निकता चाण्डकले नृत्य गरेका छन् ।
डान्सिङ बिटको गीतमा निशान भट्टराईको शब्द, सुरेश अधिकारीको संगीत, अन्जु पन्त र निशान भट्टराईको स्वर र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
एक्सन जनरको चलचित्रलाई विराज आफैले निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्रमा विराज र निकितासँगै जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको अभिनय छ ।
शिवम अधिकारीको लेखनमा रहेको चलचित्रमा सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
माघ २४ बाट प्रदर्शनमा आउने चलचित्रको यसअघि सार्वजनिक गरिएको ‘चरीले काफल टिप्यो’ बोलको गीत अहिले चर्चामा छ ।
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Miruna Magar, Khagendra Lamichhane, Malika Mahat