Sarauto
Feature Film ActionNov 29, 2019Hall Release
News
‘सरौतो’को प्रदर्शन मिति पुनः परिर्वतन, अब मंसिर १३ मा आउने
पूर्व निर्धारित मिति कार्तिक २२ मा ‘घामड शेरे’ आइपुगे पछि एक साता पछि सरेको ‘सरौतो’को प्रदर्शन मिति पुनः परिर्वतन गरिएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार अब यो चलचित्र मंसिर १३ गतेबाट प्रदर्शनमा आउने छ ।
कार्तिक २९ मा यसअघि नै ‘माछा माछा’ र ‘मिस्टर नेपाली’ले प्रदर्शन मिति तय गरेका थिए । जसका कारण उत्क्त मितिमा समेत ‘सरौतो’ले आशा गरेजस्तो हल नपाउने भएपछि पुनः रिलिज मिति पछि धकेलिएको हो । निर्देशक हरि हुमागाईले वितरकसँगको सल्लाह पछि चलचित्रको प्रदर्शन मिति परिवर्तन गरेको जनाएका छन् ।
बोल्न नसक्ने युवतिलाई केन्द्रमा राखेर चलचित्र निर्माण गरिएको छ । चलचित्रको मुख्य भुमिकामा अभिनय गरेकी सुमि मोक्तानको एक्सन पछिल्लो समय चर्चामा छ । एक्सन र सांकेतिक भाषा सिक्न सुमीले कडा मेहनत र समय खर्चिएकी थिइन । यही चलचित्रका लागि सुमिले २ वर्ष कराते र ७–८ महिना सांकेतिक भाषा सिकेकी थिइन । चलचित्रमा सुमिका अलवा सन्नी सिंह, आमिर गौतम, विजय लामा, युवराज लामा, धिरेन शाक्य, अरुणा कार्की, निशा पुन मगर, सम्पदा दाहाल, पराक्रम सम्शेर जवरा, मनोज तामाङ, प्रतिक दुलाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा राघव कृष्ण गौतमको कथा, पटकथा तथा संवाद, शंकर महर्जनको द्धन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन र उत्तम हुँमागाईको छायाँकन रहेको छ ।
एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्र बिराञ्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रकी कार्यकारी निर्माता सिर्जना जोशी हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



