Sarauto
Feature Film ActionNov 29, 2019Hall Release
News
बहिरा संघमा ‘सरौतो’ अभिनेत्रीको जन्मदिन
अभिनेत्री सुमी मोत्तानले काठमाण्डौ बहिरा संघमा पुगेर आफ्नो जन्मदिनको खुशी साटेकी छिन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सरौतो’को पात्रलाई न्याय गर्न आफुले केही समय सोही संघमा रहेर सिकेका कारण जन्मदिन मनाउन पनि त्यही पुगेको सुमीको भनाई छ ।
जन्मदिनको केक काट्दै उनले त्यहाँ उपस्थितसँग कुराकानी गर्नुका साथै फलफुल पनि वितरण गरेकी थिइन । संघमा रहेका व्यक्तीहरुसँग कुरा गर्दा आफुलाई निकै प्रेरण मिलेको भन्दै सुमीले खुशी समेत व्यक्त गरेकी छिन् । बहिरा संघमा जन्मदिन मनाएपनि सुमीले आफ्नो उमेर भने खुलाइनन् ।
सुमीको मुख्य भुमिका रहेको चलचित्र ‘सरौतो’ कार्तिक २२ गतेबाट प्रदर्शन हुदैछ । चलचित्रमा सुमीका अलवा सन्नी सिंह, आमिर गौतम, विजय लामा, युवराज लामा, धिरेन शाक्य, अरुणा कार्की, निशा पुन मगर, सम्पदा दाहाल, पराक्रम सम्शेर जवरा, मनोज तामाङ, प्रतिक दुलाल लगायतका कलाकारको अभिनय रहेको छ । हरि हुँमागाईको निर्देशन रहेको चलचित्रमा राघव कृष्ण गौतमको कथा, पटकथा तथा संवाद, शंकर महर्जनको द्धन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन र उत्तम हुँमागाईको छायाँकन रहेको छ । एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्र विर्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रकी कार्यकारी निर्माता सिर्जना जोशी हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



