Summer Love
Feature Film Love StoryFeb 08, 2019Hall Release
News
चलचित्र ‘समर लभ’को गीत ‘हेरन बाँझो मनभरी’ सार्वजनिक

चलचित्र ‘समर लभ’मा समावेश ‘हेरन बाँझो मनभरी’ बोलको गीतको जिङ्गल सार्वजनिक गरिएको छ । पुष्पन प्रधानको संगीत तथा सुमित विश्वकर्माको स्वर रहेको सार्वजनिक जिङ्गलमा आशिष र रेवतीका रोमाञ्चक पलहरु समावेश छन् । माघ २५ बाट प्रदर्शन हुने चलचित्रको यसअघि ‘साया’ बोलको गीत र ट्रेलर सार्वजनिक गरिएको थियो । यसअघि सार्वजनिक प्रचार सामग्रीले राम्रो प्रतिक्रिया पाइरहदा बाँझो मनभरी सार्वजनिक भएको हो ।
प्रचारलाई तिब्र बनाइरहेको चलचित्रले प्रदर्शन मिति नजिकिदै जाँदा मोफसल यात्रा समेत गरेको छ । प्रचारलाई केन्द्रमा मात्र सिमित नराखि देशव्यापी बनाउन पश्चिम नेपालदेखि मोफसल यात्रा सुरु गरेको निर्माण टिम टिम पुर्बी नेपालसम्म पुगेको छ । बिभिन्न शहरमा पुगि स्थानिय दर्शकसँग सिधा साक्षात, मिडिया भेटघाट तथा युवापुस्ता लक्षित गर्दै कलेज क्याम्पियन तिब्र बनाईरहेको चलचित्र निर्माण टिम नेपालगञ्ज, दाङको तुलसिपुर र घोराही, बुटवल, चितवन, हेटौँडा, धरान, इटहरी, दमक, बिर्तामोडसम्म हुँदै पोखरा पुगेको छ । चलचित्रका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्री सहितको टिम मोफसल यात्रामा निस्केको हो ।
मुस्कान ढकाल निर्देशित चलचित्रलाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् भने बिनोद अधिकारी कार्यकारी निर्माता हुन । एकराज तामाङ लाईन प्रोड्यूसरमा छन् भने सोपन सरकार र मनोज बिक सहनिर्माता हुन् । चलचित्रमा आशिष र रेवतीको साथमा सुरजसिंह ठकुरी, सरोज खनाल, शिशिर भण्डारी, कविता रेग्मी, ओमप्रतिक गुरुङलगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्र सुबिन भट्टराईको चर्चित कृति ‘समर लभ’मा आधारित छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri