Summer Love
Feature Film Love StoryFeb 08, 2019Hall Release
News
‘समर लभ’ को गीत ‘साया’ सार्वजनिक

चलचित्र ‘समर लभ’ मा समावेश पहिलो गीत ‘साया’ सार्वजनिक गरिएको छ । सुबिन भट्टराईद्वारा लिखित पुस्तक ‘समर लभ’ मा आधारित चलचित्रको गीतमा अतितले सायाको प्रेमको चर्चा गरेका छन् । गीतमा आशिष पिया र रेवती क्षेत्री प्रस्तुत छन् । आशिष ‘अतित’ र रेवती ‘साया’ को भूमिकामा देखिएका छन् ।
सार्वजनिक गीतमा पुष्पन प्रधानको शब्द र संगीत रहेको छ भने पुष्पन र बानिका प्रधानको स्वर छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । सुबिनको कथा, सामिप्यराज तिमल्सेनाले पटकथा र सुबिन र सामिप्यको सम्बाद रहेको चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् ।
नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको चलचित्रमा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri