Summer Love
Feature Film Love StoryFeb 08, 2019Hall Release
News
लभ, रोमान्स र विछोडको कथा, ‘समर लभ’को ट्रेलर सार्वजनिक

चलचित्र ‘समर लभ’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक तीन मिनेट लामो ट्रेलरमा अतीत र सायाको लभ, रोमान्स र विछोडलाई प्रस्तुत गरिएको छ । सुबिन भट्टराईद्वारा लिखित चर्चित पुस्तक ‘समर लभ’ माथि चलचित्र निर्माण गरिएको हो ।
नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले मिलेर निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता बिनोद अधिकारी हुन् भने सपन सरकार र मनोज बिक सहनिर्माताको रुपमा रहेका छन् । चलचित्रमा सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया, रेवती क्षेत्रीलगायतका कलाकारको अभिनय रहेको छ । आशिष र रेवतीले यसै चलचित्रबाट डेब्यु गर्दैछन् ।
चलचित्रमा सुबिन भट्टराईको कथा, सामीप्यराज तिमल्सेनाले पटकथा, सुबिन र सामीप्यको सम्वाद, पुष्पन प्रधानको संगीत, सञ्जय लामाले छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको छ । मुस्कान ढकालको निर्देशन रहेको चलचित्र भ्यालेनटाइन्स डेको अवसर पारेर माघ २५ गतेबाट प्रदर्शन हुँदैछ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri