The Secrets of Radha
Feature Film DramaAug 26, 2022Hall Release
News
‘द सिक्रेट अफ राधा’को पोस्टर सार्वजनिक

सुवर्ण थापा निर्देशित सिनेमा ‘द सिक्रेट अफ राधा’को २ पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक २ पोस्टरमा सिनेमाका सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ । यसअघि सार्वजनिक सिनेमाको कन्टेन्टमा अभिनेत्री सृष्टि श्रेष्ठलाई मात्रै स्थान दिने गरिएकको थियो ।
सिनेमाको रिलिज नजिकिएसँगै सिनेमामा अभिनित सम्पुर्ण कलाकारलाई समावेश गरेर पोस्टर सार्वजनिक गरिएको निर्देशक थापाले बताए । ‘द सिक्रेट अफ राधा’लाई अभिनेता सौगात मल्लसँग मिलेर निर्देशक थापाले निर्माण गरेका हुन् । आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाले दर्शकमाझ कौतुहलत पैदा यसअघि सार्वजनिक कन्टेन्टले गरिसकेको दाबी निर्माण पक्षको छ ।
सिनेमामा सृष्टिका अलावा सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, राजन खतिवडा, लोकेन्द्र लेखक, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । ‘राधा’ आमाको सम्झनामा निर्माण गरेको निर्देशक थापाले बताएका छन् । सिनेमामा रंगकर्मी सुनिल पोखरेल पनि अतिथि भुमिकामा देखिने छन् ।
आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुती र मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह-निर्माता रहेको सिनेमामा सुवर्ण थापाको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri