The Secrets of Radha
Feature Film DramaAug 26, 2022Hall Release
News
भाद्र २४ मा चलचित्र ‘द सिक्रेट अफ राधा’

चलचित्र ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति घोषणा गरिएको छ । सुवर्ण थापा निर्देशित चलचित्र आगामी भाद्र २४ गतेबाट देशभर प्रर्दशन हुनेछ । मंगलार चलचित्रको क्यारेक्टर पोष्टर सहित प्रदर्शन मिती सार्वजनिक गरिएको हो ।
दोस्रो लकडाउन अघि पालुङ आसपासमा छायांकन गरिएको चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ । यस्तै दयाहाङ राई र निश्चल बस्नेत विशेष भूमिकामा देखिनेछन् ।
निर्देशक थापा र अभिनेता मल्लले संयुक्त रुपमा निर्माण गरेको यो चलचित्र आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटा संगीत रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri