Timro Mero Saath

UA Feature Film Love StoryJan 13, 2023Hall Release

News

कलाकार हेरेर लेखिएको कथामा ‘तिम्रो मेरो साथ’

लेन्सनेपाल २०७९ पौष २६
कलाकार हेरेर लेखिएको कथामा ‘तिम्रो मेरो साथ’

चलचित्र ‘तिम्रो मेरो साथ’ आउने शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । रमेश एम.के. पौडेलले निर्देशन गरेको यो चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, पुष्प खड्का, सन्दिप क्षेत्री लगायतका कलाकाको मुख्य भूमिका रहेको छ ।

निर्देशक पौडेलले चलचित्रको कथा नै मुख्य कलाकारलाई हेरेरै लेखेको बताउँछन् । कलाकार सुहाँउदो कथा भएको र उनीहरुले पनि उत्कृष्ट काम गरेकोले दर्शकको मन जित्नेमा उनी विश्वस्त छन् । हुन् त चलचित्र प्रेम कथाको हो यद्यपी चलचित्रमा थुप्रै सस्पेन्स प्लटहरु रहेको उनी बताउँछन् । जसले गर्दा दर्शकलाई चलचित्र हेर्दा थप मनोरञ्जन मिल्ने उनको विश्वास छ ।

साम्रात्री र पुष्पको जोडी चलचित्र ‘मारुनी’ पछि दोहोरिएको छ । उनीहरूले एक अर्कासँग काम गर्दा सहज भएको भन्दै चलचित्रमा मिलेको केमेष्ट्री देखिने बताउँछन् । अभिनेत्री साम्राज्ञीले सामाजिक कथाबस्तुसँगै मनोरञ्जन खोज्ने दर्शककालागि यो चलचित्र उत्कृष्ट खुराक हुने बताएकी छन् । पुष्पले दर्शकले खोज्ने र रोज्ने जस्तै चलचित्र बनेको बताउँछन् । चलचित्रलाई लिएर साम्रात्री र पुष्पको विश्वास हेर्दा चलचित्र बलियो छ भन्ने अनुमान लगाउन सकिन्छ । साम्राज्ञीले त आफ्नो हरेक चलचित्र रिलिजको समयमा फरक छ भन्ने दाबी गरे पनि  ‘तिम्रो मेरो साथ’ कथा र आफ्नो क्यारेक्टरका हिसाबले साँच्चै फरक रहेको बताउँछिन । पुष्प भने हरेकको जिन्दगीमा आउने उतारचढावको कथा नै ‘तिम्रो मेरो साथ’को स्टोरी भएको बताउँछन् । अर्का कलाकार सन्दिप क्षेत्री पनि दर्शकहरुको मन जित्नेमा विश्वस्त छन् ।

चलचित्रमा सबिर श्रेष्ठ र बाबुराम निरौलाको लेखन रहेको छ । चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ ।