Xira

PG 140 mins Feature Film Action, RevengeAug 23, 2019Hall Release

News

‘जाइरा’ प्रदर्शन मिति घोषणा

लेन्सनेपाल २०७५ फागुन २७
‘जाइरा’ प्रदर्शन मिति घोषणा

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर २०७६ भदौ ६ गतेबाट चलचित्र ‘जाइरा’प्रदर्शन हुने भएको छ । सोमबार चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको हो । यसअघि गत मंसिर १४ मा प्रदर्शन हुने भनिएको भएपनि प्राबिधिक कारण देखाउँदै प्रदर्शन गरिएको थिएन ।

एक महिलाले लिने प्रतिशोधको कथामा चलचित्र आधारित छ । शिर्ष भुमिकामा देखिएकी अभिनेत्री नम्रता श्रेष्ठ मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । नम्रताले यो चलचित्रका लागि कपाल छोट्याउनुका साथै तौल समेत घटाएकी थिइन । चलचित्रमा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ सहित नवकलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमुख अभिनय रहेको छ । आशुतोषराज श्रेष्ठ निर्देशित चलचित्रलाई निर्देशक श्रेष्ठ र निरोज महर्जनले लेखेका हुन ।

कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा बनेको चलचित्रका कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन, बाबु श्रेष्ठको छायाँकन, कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र केशव थापाको नृत्य निर्देशन रहेको छ ।