Xira
PG 140 mins Feature Film Action, RevengeAug 23, 2019Hall Release
News
'जाइरा' प्रस्तुति, स्टाइल अनि एक्सनले बिशेष - नम्रता श्रेष्ठ

पहिलो पटक पर्दामा एक्सन अवतारमा प्रस्तुत भएकी नम्रता श्रेष्ठ 'जाइरा'लाई लिएर उत्साहित देखिएकी छिन । हालैको एक भेटमा उत्साहजनक रुपमा प्रस्तुत भएकी नम्रता राम्रो चलचित्र बनाएको भन्दै दर्शकको माया पाउनेमा आशाबादी देखिइन ।
आफ्ना अन्य चलचित्रको तुलनामा 'जाइरा'को प्रस्तुति अनि स्टाइल फरक भएको बताउने नम्रता 'जाइरा'को एक्सनपक्ष आफ्ना लागि बिशेष भएको जनाउँछिन । शुरुमा एक्सन फिल्म भनेर डराएकी नम्रता निर्देशको काम गर्ने र गराउने शैलीका कारण आफु कम्फर्ट भएको जिकिर गर्छिन । करिब ८ महिना मार्सल आर्टको ट्रेनिङ गरेर 'जाइरा'को लागि आफु तयार भएको उनको भनाई छ । त्यसो त आफुलाई भिन्न भिन्न खालको भुमिकामा काम गर्न इच्छा भएको उनको भनाई छ । गुरुकुलमा गएर सौगात मल्लहरुको नाटक हेर्दा नै फरक फरक भुमिकामा काम गर्ने रहर पलाएको उनले सुनाइन ।
चलचित्रमा नम्रताका अलवा श्रृजना रेग्मी, अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगरलगायतका कलाकारको अभिनय रहेको छ । आशुतोषराज श्रेष्ठको निर्देशन रहेको चलचित्रमा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा र बाबु श्रेष्ठको छायाँकन छ । कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा निर्मित चलचित्रका कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । चलचित्र भाद्र ६ गतेबाट प्रदर्शनमा आउने छ ।
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Miruna Magar, Khagendra Lamichhane, Malika Mahat