Xira

PG 140 mins Feature Film Action, RevengeAug 23, 2019Hall Release

News

चलचित्र ‘जाइरा’ को गीत सार्वजनिक

लेन्सनेपाल २०७६ आषाढ १२
चलचित्र ‘जाइरा’ को गीत सार्वजनिक

चलचित्र ‘जाइरा’ को गीत सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रमा समावेश ‘आँखाले बोल्छ’ बोलको गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्रका मुख्य कलाकार नम्रता श्रेष्ठ र अनुप बिक्रम शाहीले उक्त गीतमा नृत्य प्रदर्शन गरेका थिए ।

सार्वजनिक गीतमा रवी मल्लको शब्द, कल्याण सिंहको संगीत, सन्तोष लामाको स्वर र गोविन्द राईको कोरियोग्राफी रहेको छ । गीतमा नम्रता र अनुपलाई नै फिचर्ड गरिएको छ ।

चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठ मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । नम्रताले यो चलचित्रका लागि कपाल छोट्याउनुका साथै तौल समेत घटाएकी थिइन । चलचित्रमा नम्रता र अनुपका अलवा प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ सहित नवकलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ, सम्राट मगरलगायतका कलाकारको अभिनय रहेको छ । आशुतोषराज श्रेष्ठ निर्देशित चलचित्रलाई निर्देशक श्रेष्ठ र निरोज महर्जनले लेखेका हुन ।

कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा बनेको चलचित्रका कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन, बाबु श्रेष्ठको छायाँकन, कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र केशव थापाको नृत्य निर्देशन रहेको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर भदौ ६ गतेबाट चलचित्र प्रदर्शन हुँदैछ ।