Yatra

Feature Film MusicalApr 12, 2019Hall Release

News

सलिन भन्छन् – बरु म हार्छु तर, भाग्दीन

लेन्सनेपाल २०७५ चैत्र १२
सलिन भन्छन् – बरु म हार्छु तर, भाग्दीन

चैत्र २९ गते दुई चलचित्र एकसाथ प्रदर्शनमा आउँदैछन् । अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ र सलिन मान बनिया अभिनित चलचित्र ‘यात्रा’ । अहिले यि दुई चलचित्रको चर्चाले बजार गर्माइरहेको छ ।

संयोग के भने सलिनमान बनिया ‘ए मेरो हजुर २’ बाट डेव्यु गरेका हुन । उनको दोस्रोे चलचित्र डेव्यु चलचित्रकै सिरिजसँग एकसाथ प्रदर्शन हुँदैछ । यि दुवै अभिनेता लभ स्टोरीमा रुचाइएका छन् । अनमोलले छोटो समयमा आफ्नो स्टारडम देखाइसकेका छन् भने सलिनले पहिलो पहिलो चलचित्रबाट राम्रो सम्भावना देखाएका थिए । राइजिङ स्टार भनिने सलिनका लागि अनमोलसँगको बक्सअफिस प्रतिष्पर्धा सहज पक्कै छैन । बिग बजेटका दुई चलचित्र, दुबै लभ स्टोरी, दुबैका कलाकारलाई स्टारको ट्याग लागेको यि र यस्ता कारणले प्रतिक्षा पनि बढाइरहेको छ बक्स अफिस रिजल्टको ।

यद्यपी सलिनका लागि अनमोल चुनौति बनेका छन् । सोमबार आयोजित यात्रको पत्रकार सम्मेलनमा सलिनले दुवै चलचित्र एकसाथ प्रदर्शनमा आउन लागेका कारण प्रेसर फिल भएको बताए ।ं उनले भने –‘बरु म हार्छु तर, म भाग्दीन ।’ उनले आफ्नो प्रतिष्पर्धा नम्बर वानसँग भएको भन्दै हारेपनि आफ्ना लागि खासै ठुलो घाटा नहुने बताए । अनमोललाई नम्वर वानको संकेत गरेका सलिनले रोनाल्डो र मेस्सीले पनि वल्डकपमा हारेको उदाहरण दिएका थिए ।

यात्रालाई सम्राट शाक्यले निर्देशन गरेका हुन भने ए मेरो हजुर ३ लाई झरना थापाले निर्देशन गरेकी हुन । भ्लगरको कथामा आधारित यात्रामा सलिनका अलवा मलिका महत, सलोन बस्नेत, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, राजाराम पौडेल, धिरेन शाक्यलगायतका कलाकारहरुको अभिनय छ । यता ए मेरो हजुर ३ मा अनमोलका अलवा सुहाना थापा, सरोज खनाललगायतका कलाकारको अभिनय रहेको छ ।

तस्विर : आर्यन बिमली