Yatra

Feature Film MusicalApr 12, 2019Hall Release

News

सलिन पुग्दा २० हजार दर्शक !

लेन्सनेपाल २०७५ फागुन २७
सलिन पुग्दा २० हजार दर्शक !

चलचित्रको प्रचारका लागि मेला महोत्सव प्रभावकारी बन्दै जाँदा चल्तिका स्टारहरु समेत सहभागि हुन थालेका छन् । अनमोल केसी पहिलो पटक महोत्सवमा ‘क्याप्टेन’को प्रचारका लागि पुगेका थिए भने सलिनमान बनिया पनि चलचित्रको प्रचारकै लागि महोत्सवमा पुगेका छन् ।

हेटौडामा जारी औधोगिक मेलामा सलिन चलचित्र ‘यात्रा’को प्रमोशनका लागि पुगेका हुन । सलिन पुगेको दिन महोत्सव हेर्न झण्डै २० हजारको हाराहारीमा दर्शक आएको आयोजकले जनाएका छन् । झन्डै १० मिनेट स्टेजमा रहेका सलिनले यात्रामा समावेश गीत चट्ट रुमालमा नृत्य गर्नुका साथै केही डायलगहरु समेत सुनाएका थिए ।

महोत्सवमा सलिनसँगै सलोन बस्नेत, मलिका महत, जान्हवी बस्नेत, रेअर राई, विशाल सापकोटा, प्रेक्षा बज्राचार्यसहित निर्माता सुशील पोखरेल र प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिज कुमार श्रेष्ठ पुगेका थिए । सम्राट शाकय निर्देशित चलचित्र यात्रा कोटकी कालिका देवीफिल्म्स, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको हो ।