Yatra

Feature Film MusicalApr 12, 2019Hall Release

News

जन्मदिने आमाले हार्न सिकाउनु भएन तर, कर्मदिने आमासँग प्रतिष्पर्धा हुँदैछ – सलिन

‘ए मेरो हजुर ३’ VS ‘यात्रा’ – गुरु चेलाको प्रतिष्पर्धा

लेन्सनेपाल २०७५ चैत्र १९
जन्मदिने आमाले हार्न सिकाउनु भएन तर, कर्मदिने आमासँग प्रतिष्पर्धा हुँदैछ – सलिन

सलिन मान बनिया भन्ने गर्छन ‘म न त थाक्छु न त हारेर भाग्छु ।’ मैदान उत्रिए पछि जित होस् वा मृत्यु नै किन नहोस्, हारेर भाग्न हुन्न भन्ने उनको बुझाई  छ । यो शक्ती उनले उनकै आमाबाट पाएका हुन । आफ्नो प्रेरणा शक्ति आमालाई मान्ने सलिन आमाले कहिल्यै पनि थाक्न वा भाग्न नसिकाएको बताउँछन् ।

चैत्र २९ गतेबाट सलिन अभिनित चलचित्र ‘यात्रा’ र अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ प्रदर्शन हुँदैछन् । एकसाथ प्रदर्शन हुन लागेका चलचित्रको बक्स अफिस टकरावका सम्बन्धमा कुरा गर्दै सलिनले आफु पनि मैदानमा उत्रिइसकेको ले अब भाग्ने चान्स नभएको बताउँछन् । मैदानमा उत्रिनु भन्दा अघि बरु सोच्न पर्ने तर, उत्रिइसकेपछि भाग्ने कुनै चान्स नहुने उनको कथन छ । हुन त उनी दुई चलचित्र एकसाथ प्रदर्शन हुनुलाई प्रतिष्पर्धा मान्दैनन् । यद्यपी प्रतिष्पर्धै मान्ने हो भने पनि जित वा हार दुवैले केही न केही सिकाउने बताउँछन् । जित वा हार दुवै आफ्ना लागि सिकाई हुने बताएका सलिनले त्यो सिकाइ भविष्यका लागि समेत उपयोगी हुने जनाए ।

आफु नयाँ भएको र अझै पनि गर्न थुप्रै कुराहरु बाँकी नै रहेको बताउँने सलिन दुई चलचित्रको प्रतिष्पर्धाले आफुलाई पनि प्रेसर भएको बताउँछन् । यद्यपी आफुले त्यो भार थेग्न सक्छु भन्ने आत्मविश्वास छ उनमा । गर्न धेरै बाँकी रहेको भन्दै भन्दै सलिनले अहिलेको प्रेसरलाई पनि सहजै ह्याण्डल गर्ने बताए । जुन आत्मविश्वासका साथ सलिनले प्रेसरलाई ह्याण्डल गरिरहेका छन् त्यो आत्मविश्वास आमाबाट प्राप्त गरेका हुन । जब–जब सलिन डराउँछन्, वा आत्तिन्छन तब–तब उनकी आमाले मोटिभेट गर्छिन । आमाले जहिले पनि सलिनलाई त लुजर हैन, तैले गर्न सक्छस् भनेर प्रेरणा दिइरहीन । जब सलिनलाई आमाले हौसला दिन्थिन तब उनमा हिम्मत आउथ्यो । अहिले पनि केही असहज अवस्था आउँछ आमाका कुराहरु सम्झन्छन्, अनि साहसिलो बन्छन् । त्यति मात्र होइन उनी आफुलाई लुजर पनि ठान्दैनन् । अनि हारबाट पनि आत्तिदैनन् । बरु हारमा पनि केही न केही सिक्छन् । अनि फेरी मेहनत गर्ने र अर्को पटक जित्ने सोच राख्छन् । भर्खर करियर शुरु भएको भन्दै सलिनले आफुले सिक्न र गर्न धेरै बाँकी रहेको बताउँछन् ।

यता सलिनले नायिका तथा निर्देशक झरना थापालाई चलचित्र क्षेत्रको आमा मान्छन् । झरनाले निर्देशकका रुपमा आफ्नो डेव्यु चलचित्रमा आफुलाई विश्वास गरेको भन्दै उनी कृतज्ञ छन् । झरनाले गरेको विश्वासकै कारण आज धेरैले आफुलाई स्टार भन्ने गरेको भन्दै सलिनले उनलाई आफ्नो चलचित्र क्षेत्रको आमा अझ भन्दा गुरुआमाका रुपमा सम्मान गर्छन । ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेकी हुन । तिनै आमाले जुन चलचित्रबाट सलिनलाई जन्माइन त्यही चलचित्रको अर्को सिरिजसँग सलिनको चलचित्र एकसाथ प्रदर्शन हुँदैछ । जुन कुराले सलिनलाई नरमाइलो लाग्छ । आफ्नै गुरुको चलचित्र सँग आफु खेलेको चलचित्रले बक्स अफिसमा प्रतिष्पर्धा गर्नुपरेको छ । यद्यपी सलिन झरनालाई शुभकामना दिन्छन् । आफु चलचित्र ‘ए मेरो हजुर ३’ को पखाईमा रहेको र उक्त चलचित्र अवश्य हेर्ने बताएका सलिनले ‘यात्रा’ हेर्नका लागि झरनालाई आग्रह पनि गरेका छन् ।

सम्राट शाक्य निर्देशित चलचित्र यात्रामा सलिनका अलवा मलिका महत, सलोन बस्नेत, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, राजाराम पौडेल, धिरेन शाक्यलगायतका कलाकारहरुको अभिनय छ ।