Missing Movie Online

‘१२ गाउँ’को गीत ‘चलचित्र हेर्न जाउँ’ सार्वजनिक

२०८१ भाद्र २३
‘१२ गाउँ’को गीत ‘चलचित्र हेर्न जाउँ’ सार्वजनिक

एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘चलचित्र हेर्न जाउँ’ बोलको रोमान्टिक गीतमा डेव्यु अभिनेता तथा विराजका छोरा समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपाल फिचर्ड छन् ।

गुजराती तथा दक्षिण भारतीय चलचित्र र टेलिभिजन सिरियलकी चर्चित अभिनेत्री सोनु चन्द्रपालले नेपाली चलचित्रमा डेव्यु गरेकी हुन् । उनी र समीरलाई सार्वजनिक गीतको भिडियोमा रोमान्टिक अवतारमा प्रस्तुत छन् । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोमा समीरको डान्स स्टेप हेर्दा उनले चलचित्रको लागि निकै मेहनत गरेको देखाउँछ ।

सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द रचना तथा संगीत र बलिउड गायक नकाश अजिजको स्वर सुन्न सकिन्छ । चलचित्रको यसअघि सार्वजनिक पोस्टर र एक्सन टिजरले दर्शकमाझ उच्च हाइप बनेको छ । जसले गर्दा दर्शकमाझ चलचित्रको गीतको प्रतिक्षा थियो । गीत सार्वजनिक भएसँगै दर्शकले समीरको एक्सनसँगै डान्स पनि उत्कृष्ट रहेको प्रतिक्रिया कमेन्टबक्समा देख्न सकिन्छ ।

यो चलचित्रबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । चलचित्रमा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको चलचित्रमा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । चलचित्रमा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन–थ्रिलर कथामा बन्न लागेको चलचित्रका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड चलचित्रमा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको चलचित्रको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ ।

Jwai Sap
Aktor
Kumari Bank