तिहारको अवसर पारी ‘१२ गाउँ’ अमेरिकामा प्रदर्शन हुने

नेपालमा आक्रामक व्यापार गरिरहेको चलचित्र ‘१२ गाउँ’ अब अमेरिका प्रदर्शन हुने भएको छ । तिहारको अवसर पारी शनिबार अर्थात् नोभेम्बर २ तारिखबाट चलचित्र अमेरिकाको १६ बढि शहरमा एक साथ रिलिज हुन लागेको हो ।
एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘१२ गाउँ’ अहिले नेपाल सहित विभिन्न देशमा प्रदर्शन भइरहेको छ । धेरै देशमा चलचित्रले दर्शकको राम्रो साथ पाएकाले अमेरिकामा पनि त्यस्तै साथ पाउने विराजको विश्वास छ ।
इ–पिक इन्टरटेनमेन्ट र एभरेष्ट इन्टरटेनमेन्ट युएसएले अन्य केही साथीहरुसँग मिलेर चलचित्रको अमेरिका प्रदर्शन राइट्स खरिद गरेका हुन् । वितरक अभिजित राई र रमेश भट्टले चलचित्र अमेरिकाका विभिन्न शहरमा ब्यवसायिक रुपमा रिलिज हुन लागेको जानकारी दिए ।
चलचित्रमा बिराजका साथै समीर भट्ट, पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi