‘१२ सत्ताइस’को शिर्ष गीत सार्वजनिक
चलचित्र ‘१२ सत्ताइस’को शिर्ष गीत सार्वजनिक भएको छ । दीपक आरजेको स्वर र संगीत रहेको गीतमा प्रकाश मल्लले शब्द र चर्चित र्यापर गिरिश खतिवडाको र्याप छ । दीपक र गिरिशसँगै गीतमा चलचित्रका लगभग सबै कलाकारलाई फिचर गरिएको छ ।
कमेडी जनराको चलचित्रमा नयाँ कलाकारहरुको बाहुल्यता रहेको छ । सजिलै पैसा कमाउन कसरी १२ सत्ताइस गर्नुपर्छ भन्ने कुराकै वरिपरि चलचित्र घुमेको छ । चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोनराज उप्रेती, भिष्म जोशी, अस्मिता खनाल, बिना कार्कीलगायतका कलाकारको अभिनय छ ।
जोन योञ्जन निर्देशित चलचित्रमा निर्देशक योञ्जनकै कथा, दीपक आरजेको संगीत, अनिश श्यांग्देनको छायाँकन र कृष्ण भण्डारीको सम्पादन छ । रेणु राणा, दीपक खतिवडा र रुपक थापा निर्माता रहेको चलचित्रका सह निर्माता गौतम शाह हुन् । चलचित्र माघ ३ गतेबाट प्रदर्शनमा आउने जनाइएको छ ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora