Mansara

‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक

२०७६ कार्तिक २७
‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक

चलचित्र ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

कमेडी जनराको चलचित्रमा नयाँ कलाकारहरुको बाहुल्यता रहेको छ । सजिलै पैसा कमाउन कसरी १२ सत्ताइस गर्नुपर्छ भन्ने कुराकै वरिपरि चलचित्र घुमेको देखिन्छ । चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोनराज उप्रेती, भिष्म जोशी, अस्मिता खनाल, बिना कार्कीलगायतका कलाकारको अभिनय छ ।

जोन योञ्जन निर्देशित चलचित्रमा निर्देशक योञ्जनकै कथा, दीपक आरजेको संगीत, अनिश श्यांग्देनको छायाँकन र कृष्ण भण्डारीको सम्पादन छ ।

रेणु राना, दीपक खतिवडा र रुपक थापा निर्माता रहेको चलचित्रका सह निर्माता गौतम शाह हुन् । चलचित्र मंसिर २७ बाट प्रदर्शन हुने जनाइएको छ ।

Mahajatra