‘२ नम्बरी’मा भुटानी अभिनेत्री
चलचित्र ‘२ नम्बरी’मा भुटानी अभिनेत्री अनुबन्धित भएकी छिन । भुटानी चलचित्रकी अभिनेत्री, निर्मात्री तथा निर्देशक उगेन छोदेन चलचित्रमा अनुबन्धित भएको निर्देशक दिपेन्द्र लामाले जानकारी दिएका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्देशक लामाले चवलचित्रमा उनी भुटानी नागरिककै भूमिकामा रहने बताए ।
नेपाली चलचित्रमा डेब्यु गर्दै गरेकी उगेनको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिएको छ । उगेनले नेपाली चलचित्रमा अभिनय गर्ने अवसर पाउनु आफ्नो लागि सौभाग्यको कुरा रहेको सुनाइन् । भुटानमा विदेशी चलचित्र प्रतिबन्ध भए पनि यूट्युबमार्फत् नेपाली चलचित्र हेर्ने गरेको उगेनको भनाइृ छ ।
किरण नेपालीको प्रस्तुति रहने चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माता र रोहित कट्टेल र सरोज नेपाली निर्माता रहेका छन् । चलचित्रम अमलादेवी राईको सहलगानी रहनेछ । आगामी बर्षको जनैपुर्णिमामा प्रदर्शन गर्ने लक्ष्य राखिएको चलचित्र फागुन २८ गतेबाट फ्लोरमा जाने जनाइएको छ ।
Latest Updates
-
चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान
-
चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ - पूर्व मन्त्री झाक्रीले भनिन्
-
चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora