Jwai Sap
Khusma

‘कल्ली’मा भित्रिए थापा, तामाङ र नेपाल

२०८१ असोज ५
‘कल्ली’मा भित्रिए थापा, तामाङ र नेपाल

चलचित्र ‘कल्ली’मा कलाकारत्रय अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाल अनुबन्धित भएका छन् । केही दिन अघि सौगात मल्ललाई अनुबन्धित गरेको टिमले थप ३ पुरुष कलाकारसँग सम्झौता गरेको हो ।

केही समय अघि नै पल शाहसँग मुख्य भूमिकाको समझौता भएपनि उनलाई हटाएर यसै साता सौगातलाई भित्राइएको थियो । अन्य कलाकारले पलसँग काम गर्न नमानेका कारण उनलाई हटाइएको स्रोतले जनाएको छ । सायद यसैले पनि होला उनलाई हटाएर सो भूमिकामा सौगालाई भित्राए पछि अन्य कलाकारसँग पनि धमाधम समझौता भइरहेको छ ।

रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माणमा किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रमा लक्ष्मण सुनारको कथा र निर्देशन रहनेछ । महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रका निर्माण प्रमुख सुरज आचार्य हुन् ।

Devi
Rawayan