चौथो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा २२ चलचित्र प्रदर्शन गरिने

२०८२ बैशाख २
चौथो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा २२ चलचित्र प्रदर्शन गरिने

चौथो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा अफिसियल सेलेक्सनमा परेका चलचित्र, छोटा चलचित्र तथा बृत्तचित्रहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

मंगलबार राजधानीमा आयोजना गरिएको प्री–इभेण्टका बिच अफिसियल सेलेक्सनमा परेका ८ फिचर चलचित्र सहित १६ वटा छोटा चलिचित्र, बृत्तचित्र र मातृभाषी चलचित्रलाई प्रमाणपत्र प्रदान गरिएको हो । यि २२ वटै चलचित्र महोत्सवमा प्रदर्शन गरिने छ ।

नेपाल पर्यटन बोर्डको सभाहलमा चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख अतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्मारिका विमोचन पनि गरिएको थियो ।

बिहीबारबाट रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका धुन्चेमा आयोजना हुने महोत्सव ३ दिन सम्म चल्ने छ । उक्त महोत्सवमा ग्रामिण कथामा निर्माण भएका चलचित्रहरुलाई प्रोत्साहन गरिने आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले जनाएका छन् । अध्यक्ष सापकोटाले विगत ४ वर्ष देखि चलचित्र घर नै नभएको जिल्लाहरुमा महोत्सव आयोजना गरेर ग्रामीण भूभागका दर्शकलाई समेत चलचित्र प्रति आकर्षण गरिएको जनाए । उनले महोत्सवको समापन समारोहमा बिभिन्न बिधामा अवार्ड प्रदान गरिने समेत जनाएका छन् ।

कार्यक्रममा बार्ड अध्यक्ष डिसीले ग्रामीण परिवेशमा बनेका चलचित्र समेटेर आयोजना हुदै आएको महोत्सवको छुट्टै महत्व भएको बताए । उनले महोत्सव होस् वा चलचित्र अवार्ड गतिविधि हुनु सकारात्मक भएको धारणा राखे । कार्यक्रममा उनले चलचित्र निर्माणका लागि बोर्डले निर्माण गर्न लागेको काभ्रेको छायाँकन स्टुडियो बैशाखमा शिलान्यास हुने जानकारी दिए ।

महोत्सव संयोजकमा निर्देशक कमल एक्चै मगर छन् । रसुवा जिल्लामा चलचित्र हल समेत नभएकाले चलचित्र हेर्न रुचि राख्ने दर्शकहरूलाई महोत्सवले पूर्ण मनोरञ्जन दिनुका साथै फिल्म क्षेत्रको प्रचार प्रसारमा समेत भूमिका खेल्ने मगरको भनाई छ ।

महोत्सवमा करिब ४ हजार दर्शक उपस्थित गराउने लक्ष्य आयोजकल राखेको छ । महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ । गोसाईकुण्ड गाउँपालिका रसुवाले वार्षिक रुपमा आयोजना गर्दै आएको चौथो पालिका कप भलिबल प्रतियोगिता पनि वैशाख २ गते देखि ६ गतेसम्म हुनेछ ।

Latest Updates

New Releases (Chaitra 29)

Next Releases (Baishak 12)