४२ विधामा सातौं निम अवार्ड, जुगल डंगोललाई रजत संगीत सम्मान
बिहिबार ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) सम्पन्न भएको छ । ललितपुरको होटल स्क्वायरमा सम्पन्न अवार्डमा रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार जुगल डंगोल सम्मानित गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)द्धारा आयोजित समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले अग्रज संगीतकार डँगोललाई सो सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा संगीतकार डँगोलको सम्मानमा गायिका निशा देशारले जुगलकै संगीतको गजल साउनको भेल जस्तो... प्रस्तुत गरिन भने बाँसुरीबादक नगेन्द्र राईले जुगलकै संगीतमा बाँसुरी धुन सुनाए ।
सोही समारोहमा संस्कृतिकर्मी चन्द्र कुमार राई, साहित्यकार हरिसिंह थापालगायत पनि सम्मानित भए । कार्यक्रममा ५ हजार ५५५ राशीको यो वर्षको संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार हरि दुलाललाई प्रदान गरियो । समारोहमा ४२ विधामा विभिन्न अवार्ड प्रदान गरियो । जस अन्तर्गत आधुनिक गीत तर्फ नै नव गायकको अवार्ड राजु भट्टले, नव गायक जुरी अवार्ड सन्त बहादुर दराईले, नव गायिकाको अवार्ड प्रिजा मिश्रले प्राप्त गरे । आधुनिक विधा तर्फ नै गायकको अवार्ड यस कुमारले, गायिकाको अवार्ड निता आचार्यले, संगीतकारको अवार्ड नरहरी प्रेमीले, गीतकारको अवार्ड टेक तामाङले र आधुनिक महिला गीतकारको आवर्ड सविता पोख्रेलले प्राप्त गरे । यस्तै राष्ट्रिय भाव गीतको अवार्ड कर्माले, गलज तर्फको अवार्ड रुद्रशेखर शर्माले, गजलकै जुरी अवार्ड संगीता राना प्रधान र युगल गायनको अवार्ड मोहन श्रेष्ठ÷ सहिमा श्रेष्ठले संयुक्त रुपमा पाए । यसैगरी पप गायन तर्फ गायकको अवार्ड डेविड शँकरले, गायककै डायस्पोरा अवार्ड चेष्टर लिम्बूले, लोक पपतर्फ गायनको अवार्ड नविन कार्कीले, गीतकारको अवार्ड अनिल तिखत्रीले, संगीतकारको अवार्ड मानस राजले हाँसिल गरे । यस्तै लोकदोहोरी तर्फ नै पुरुष मोडलको अवार्ड सागर लम्साल (बले)ले, महिला मोडलको अवार्ड एन जेड सालुले, महिला मोडलको जुरी अवार्ड प्रमिता राजघतानीले, नव मोडल पुरुषको अवार्ड बसन्त उदासले र नव मोडल महिलाको अवार्ड मिशेल घिमिरेले हाँसिल गरे । निम अवार्ड समारोहमा लोक गीततर्फ मौलीक गीतको अवार्ड हेमन्त कान्छा रसाईली र उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड कमल एक्चै मगरले प्राप्त गरे । कार्यक्रममा लोकदोहोरी तर्फ गीत रचनाको अवार्ड सागर बाँस्तोलाले, लयको आवर्ड ऋषि खड्काले, गायकको अवार्ड राम कुमार नेपालीले, गायिकाको अवार्ड सञ्जु न्यौपाने हाँसिल गरे ।
समारोहमा नव महिला मोडल तर्फ नै पब्लिक च्वाईस अवार्ड पुनम श्रेष्ठले, कोरियोग्रफरको अवार्ड राहुल बराईलीले, म्युजिक एरेन्जरको अवार्ड सुदिप सागरले प्राप्त गरे । सो क्रममा आधुनिक÷पप गीति तर्फ भिडियो निर्देशकको अवार्ड केशव राज भट्टले, पुरुष मोडलको अवार्ड राज टाईगरले, महिला मोडलको अवार्ड अश्विनी शाहीले र लोकदोहोरी भिडियो निर्देशकको अवार्ड सृजन बरालले हाँसिल गरे । प्राविधिक विधा तर्फ ध्वनी मिश्रणको अवार्ड नरेन्द्र वियोगीले, छायाँकारको अवार्ड मुकेश हुमागाईले, म्युजिक भिडियो सम्पादकको अवार्ड अमृत चापागाईले पाए ।
समावेशी तर्फ डेउडा गीतको अवार्ड शान्ति शाहीले, मैथली भोजपुरी तर्फ गीतको अवार्ड प्रेमनारायण झाले, गायनको अवार्ड विरेन्द्र कुमार झाले, म्युजिक भिडियो अवार्ड मुन्ना कुमार र जुरी अवार्ड बद्री शाहले हाँसिल गरे । यस्तै नेपाल भाषातर्फ गीतकारको अवार्ड नातीकाजी महर्जनले, संगीतकारको अवार्ड मनराज नकर्मीले, गायनको अवार्ड मोहन शाक्यले, नेपाल भाषा म्युजिक भिडियोको अवार्ड दर्शन वीर शाक्यले प्राप्त गरे ।
कार्यक्रममा मन्त्री भानुभक्त जोशीले यस्ता कार्यक्रमहरुले प्रतिभालाई प्रोत्साहन मिल्नका साथै गीत संगीतको विकाशमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यस्तै बागमति प्रदेशका श्रम तथा यातायात मन्त्री लक्ष्मण लम्सालले राज्यले गर्नु पर्ने यस्ता महत्वपूर्ण कार्यहरु पिम नेपालले आयोजना गरेर निकै प्रसंसनीय कार्य गर्दै आएको जनाए । आयोजक संस्था पिम नेपालका अध्यक्ष माधव राज खरेलले पिम अवार्डबारे प्रकाश पारेका थिए ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev