Mahajatra

स्टारसँग फ्यानको लभ, ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक

२०७५ चैत्र १४
स्टारसँग फ्यानको लभ, ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक

चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको ट्रेलर युट्युब मार्फत भने बिहिबार मात्र सार्वजनिक गरिएको हो ।

बुधबार निर्देशक तथा अभिनेत्री झरना थापाको जन्मदिनको अवसर पारेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । म्युजिकल लभ स्टोरी चलचित्र स्टार र फ्यान विचको प्रेमकथामा केन्द्रित छ । ट्रेलरले कथा बुझाउने प्रयास गरेको छ । चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् भने सुनिल कुमार थापाले निर्माण । यसै चलचित्रबाट झरना र सुनिलकी छोरी सुहाना थापाले डेव्यु गरेकी छिन । सुहानासँग अनमोल केसीले अनस्कृन रोमान्स गरेका छन् ।

चैत्र २९ गतेबाट प्रदर्शन हुने चलचित्र सुहाना इन्टरटेनमेन्टको व्यानरमा बनेको हो । चलचित्रमा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतमलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा झरना थापा र सुमन पौडेलको कथा, छेतन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व र दिर्घ खड्काको सम्पादन रहेको छ ।