Mansara

‘ए मेरो हजुर ३’ को गीत ‘चिट डे’ सार्वजनिक

२०७५ चैत्र २२
‘ए मेरो हजुर ३’ को गीत ‘चिट डे’ सार्वजनिक

चलचित्र ‘ए मेरो हजुर ३’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘चिट डे’ बोलको गीतमा प्रतिक पौडेको शब्द तथा संगीत र प्रविशा अधिकारीको स्वर रहेको छ । डेव्यु गर्ल सुहाना थापालाई फिचर्ड गरिएको गीतमा राहुल शाहको कोरियोग्राफी रहेको छ ।

नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट प्रदर्शन हुने चलचित्रमा सुहानाले अनमोल केसीसँग अनस्कृन रोमान्स गरेकी छिन । अनमोलले भने यो चलचित्र आफ्नो इमोशनसँग जोडिएको बताएका छन् । चलचित्रले स्टार र फ्यानविचको साँगीतीक प्रेमकथा देखाउँछ ।

अभिनेत्री झरना थापाले निर्देशन गरेको चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । सुहाना झरना र सुनिलकी छोरी हुन । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतमलगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व र दिर्घ खड्काको सम्पादन रहेको छ ।

Mahajatra