Jwai Sap
Khusma

आइफोनले खिचिएको चलचित्र ‘अ प्लेस अण्डर द सन’को प्रिमियर

२०८१ भाद्र ३०
आइफोनले खिचिएको चलचित्र ‘अ प्लेस अण्डर द सन’को प्रिमियर

चलचित्र ‘अ प्लेस अण्डर द सन’को प्रिमियर गरिएको छ । राजधानीको सुन्धारा स्थित सिडिसी हलमा आयोजित प्रिमियरमा चलचित्र हेर्न चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

आइफोनले खिचिएको चलचित्रको प्रिमियरमा उपेन्द्र सुब्बा, शैलेन्द्र ध्वज कार्की, यश कुमार, सुवर्ण थापा, सचिन घिमिरे, प्रविन खतिवडा, अभय बराललगायतका कलाकर्मीहरु उपस्थित थिए । क्राइम जनराको चलचित्रमा ३ जना मिल्ने साथीहरुको कथा प्रस्तुत गरिएको छ ।

जेसन लोप्चनको लेखन तथा निर्देशन रहेको चलचित्रलाई प्रविन लिम्बुले छायाँकन गरेका हुन् । चलचित्र हेरिसकेपछि चलचित्रकर्मीहरुले आइफोनले खिचेपनि दृष्य गुणस्तरमा उच्च स्तरकै महशुस गर्न सकिने जनाएका छन् । 

अस्कर कलेज (कलेज अफ फिल्म स्टडिज्)का बिदार्थीहरु मिले। यो चलचित्र निर्माण गरेका हुन् ।

Devi
Rawayan