‘प्राइम भिडियो’मा ‘अ प्लेस अण्डर द सन’को स्ट्रिमिङ सुरु

आइफोन १४ प्रोबाट छायाँकन गरिएको चलचित्र ‘अ प्लेस अण्डर द सन’को ओटिटी प्लेटफर्म ‘प्राइम भिडियो’मा स्ट्रिमिङ सुरु गरिएको छ । निश्चित रकम तिरेर ‘प्राइम भिडियो’मा चलचित्र हेर्न सकिने चलचित्रका निर्देशक जेसन लोप्चनले बताए । चलचित्रलाई अमेजन प्राइमले खरिद गरेको नभई उक्त प्लेटफर्मलाई निर्माण टिमले प्रयोग मात्र गरेको हो ।
क्राइम जनराको चलचित्रमा ३ जना मिल्ने साथीहरुको कथा प्रस्तुत गरिएको छ । निर्देशक लोप्चनकै लेखन रहेको चलचित्रलाई प्रविन लिम्बुले छायाँकन गरेका हुन् । अस्कर कलेज (कलेज अफ फिल्म स्टडिज्का) बिद्यार्थीहरु मिलेर यो चलचित्र निर्माण गरेका हुन् ।
वन स्क्वाड फिल्मस्ले निर्माण गरेको चलचित्रमा मिन घलान, मिरा गुरुङ, अंशु शर्मा, विप्लव गौली, प्रजन पौडेल, प्रवेश एमसी, रिडेन श्रेष्ठ, सन्तोष मिजार लगायतको अभिनय रहेको छ ।

Latest Updates
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi