पोष्टर सार्वजनिक गर्दै ‘ए साथी सुन’को प्रदर्शन घोषणा
चलचित्र ‘ए साथी सुन’को पोष्टर सार्वजनिक गर्दै चैत १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । सार्वजनिक दुई पोस्टरमध्ये एउटामा अभिनेत्री वर्षा सिवाकोटी घाइते अवस्थामा डराएको भावमा र अर्को पोस्टरमा उनलाई पृष्टभूमिमा राखि डेब्यू कलाकार रमेश बानियाँलाई आक्रामक लुकमा प्रस्तुत गरिएको छ ।
राम राघव आचार्यको लेखन तथा निर्देशनमा बनेको चलचित्र लभस्टोरी, थ्रिलर तथा कमेडी जनरामा निर्माण भएको हो । चलचित्रमा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरीलगायतको पनि अभिनय छ ।
इभान इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रलाई बीना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन् भने सहनिर्माता सुदीप पौडेल हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
