Missing Movie Online

चलचित्र ‘एक्टर’मा यस्तो देखिइन आना

२०८१ भाद्र २७
चलचित्र ‘एक्टर’मा यस्तो देखिइन आना

चलचित्र ‘एक्टरः टेक वान’ निर्माण टिमले नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । राजन भुसालको निर्देशन रहेको ‘एक्टर’मा आना सँगै प्रदीप खड्का, राजवल्लभ कोइराला, नवनायिका दिव्या रायमाझी, अभिनेता दिव्य देव, सुशील सिटौलालगायतको अभिनय रहेको छ । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले यही चलचित्र डेब्यु गरेकी हुन् ।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको चलचित्रका निर्माता थमन कुमार भण्डारी हुन् । क्रेयटिभ प्रोडुसर मोती कार्की रहेको चलचित्रका लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन् ।

आकाश बराल र निर्देशक स्वयंको लेखन रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन, शिशिर खाती र किरण थापाको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व र हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ । चलचित्र कात्तिक १५ गतेदेखि रिलिज हुँदैछ ।

Jwai Sap
Aktor
Kumari Bank