Mansara

पत्रकारलाई आँचलको आग्रह – जति भने त्यति मात्र बुझ्नुस्

२०७५ कार्तिक २७
पत्रकारलाई आँचलको आग्रह – जति भने त्यति मात्र बुझ्नुस्

केही दिन यता नायिका आँचल शर्माले बोलि फेरेको कुरा निकै भाइरल जस्तै बन्यो । जब उनले चलचित्र दाल भात तरकारीमा अभिनय गर्ने सम्झौता गरिन तब यस्तो प्रश्नले उनलाई पछ्याइरह्यो ।

उनले केही समय अघि सोलो नायिकाका रुपमा काम गर्न इच्छा व्यक्त गरेकी थिइन । तर दाल भात तरकारीमा उनी सोलो नायिका होइनन् । यति मात्र कहाँ हो र हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठको स्टारडमका अघि उनको चर्चा र सफलता ओझेलमा पर्न सक्ने भय पनि छ । यसअर्थ उनले दाल भात तरकारी खेल्न सम्झौता गरेपछि बिभिन्न टिकाटिप्पणी हुनु स्वभाविक थिए । तर, मंगलबार बिहान भने आँचलले उक्त कुरा क्लिर गर्ने जमर्को गरेकी छिन ।

दाल भात तरकारीको मुर्हत समारोहमा टिमलाई साक्षी राख्दै उनले पत्रकारहरु माझ वान टाइम क्लियर गर्छु भन्दै आफ्ना कुरा राखेकि छिन ।

आँचलले भनेकी छिन :

एउटा कुरा म अहिले नै क्लियर गर्दिम है । सम्पूर्ण टिमकै अगाडी ।

जे पनि हल्लाहरु आयो । त्यो म वान टाइम क्लियर गर्न चाहन्छु, ताकि अरु दिन त्यो प्रश्नको जवाफ म दिने वाला छैन । त्यो दिनु स्वभाविक उचित पनि हुँदैन । एभ्री टाइम एउटै कुरा ।

हो मैले भनेकी थिए २–३ वटा सोलो फिल्म खेल्नु मन छ भनेर । त्यो हरेक कलाकारको इच्छा हुन्छ । त्यो भन्दैमा मैले स्टारहरुसँग काम गर्दिन भनेकी छैन । त्यसलाई बढी प्राथमिकता नदिउ । के मा प्राथमिकता दिउ भने, डे वान देखि शत्रु गते खेल्नु मेरा लागि भाग्यको कुरा हो नै भनेको छु । अहिले पनि त्यही भन्दैछु, उहाँहरुसँग काम गर्नु एकदम ठुलो कुरा हो ।

शत्रु गते खेलेर मलाई एकदम फाइदा भएको छ देश विदेशमा धेरै चिनायो । त्यसमा पनि एक दुइवटा सोलो फिल्म खेल्न पाएको भए सम्पूर्ण क्रेडिट पाउथे कि भन्ने थियो । त्यो इच्छा हो र त्यसमा चनाखो थिए । तर, धेरैले गलत तरिकाले बुझिदिनु भयो । मैले जे भने त्यति मात्र बुझेर लेखिदिनुस् भन्न चाहन्छु हजुरहरुलाई । त्यो भन्दा बढी जोड चाँही नदिनुस् भन्न चाहन्छु, त्यही नै हो ।

अनि को इन को आउट भन्दा पनि मैले मेरो क्यारेक्टर सुने । मैले यो टिम सँग काम गर्दा प्लस नै हुन्छ घाटा हुँदैन । प्लस नै हुने भएकोले यो चलचित्रमा पनि काम गरे ।